म्याग्दीको रुम पहिरोः २ को मृत्यु, ३ अझै भेटिएनन्

म्याग्दी | साउन १७, २०७९

म्याग्दीको रुम पहिरोः २ को मृत्यु, ३ अझै भेटिएनन् तस्विर: म्याग्दीकाली

म्याग्दीको मालिका गाउँपालिका रुममा सोमबार बिहान ३ बजे पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । 

 

पहिरोले ३ घर पुर्दा १५ वर्षीय नविन र १३ वर्षीय राजन विकको मृत्यु भएको छ । 

 

वडाध्यक्ष उदयकुमार बुढाथोकीले दिएको जानकारी अनुसार घामबहादुर विक, उनका श्रीमति र सात वर्षीया छोरीको अवस्था अझै अज्ञात छ । 

 

मृतक नविन र राजन पनि घामबहादुरकै छोरा हुन् । अध्यक्ष बुढाथोकीका अनुसार अहिले दरवाङ प्रहरी चौकी, वडा सदस्यहरु, स्थानीयवासी र हेल्थपोस्टका कर्मचारीहरुले खोजी कार्य जारी राखेका छन् । 

 

मध्यरातमा घरमाथिबाट एक्कासी ठूलो पहिरो जाँदा घटना घट्न पुगेको बुढाथोकीले बताएका छन् । 

 

त्यस्तै, घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । त्यहाँबाट सडक सम्पर्कसमेत विच्छेद भएका कारण घाइतेलाई उपचारार्थ पोखरा ल्याउन प्रभुको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । तर मौसम अत्यन्त प्रतिकुल भएकाले

 

घाइतेलाई पोखरा ल्याउन सकिएको छैन । उनको शरिरको विभिन्न स्थानका हड्डी भाँच्चिएको बताइएको छ । 
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्